
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) ले पहिलो जित निकालेको छ ।
सातदोबाटो युथ क्लबको अपराजित यात्रालाई रोक्दै एनआरटीले लिगमा पहिलो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा भएको खेलमा एनआरटीका लागि स्टेफेन समिरले निर्णायक गोल गरे ।
पहिलो खेलमा फ्रेन्डस क्लबसँग बराबरी खेलेको सातदोबाटोले दोस्रो खेलमा थ्री–स्टार क्लबलाई १–० को नतिजामा पराजित गरेको थियो । तेस्रो खेलमा एपीएफ क्लबलाई ४–१ को नतिजामा पराजित गरेको सातदोबाटोको यो पहिलो हार हो ।
एनआरटीले पनि पहिलो खेलमा मछिन्द्र फुटबल क्लबसँग २–१ को हार ब्यहोरेको थियो । दोस्रो खेलमा ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेलेको एनआरटी तेस्रो खेलमा च्यासलसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
यो जितसँगै एनआरटी ४ खेलबाट ५ अंक जोडेर तालिकाको सातौं स्थानमा उक्लिएको छ । सातदोबाटो भने समान खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्