
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रदेश सम्मेलन सबै प्रदेशमा एकैसाथ सुरु भएको छ ।
सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गरि १० प्रदेशको सम्मेलन गर्न लागेको हो ।
सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ ।
सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि काठमाडौंमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्