
काझापा/पर्वत । झापा र पर्वतमा सवारी दुर्घटना हुँद एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।
झापाको बाह्रदशी गाउँपालिका त्रिवेणी चोकमा बसले भ्यानलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । पाँच जना घाइते भएका छन् ।
शनिबार चारपाने राजगढ सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बससँग विपरीत दिशाबाट आउँदै गरेको भ्यान ठोक्किएको थियो । दुर्घटनामा भ्यान चालक बाह्रदशी गाउँपालिका भागुडुब्बाका प्रमोद चन्द्र उप्रेतीको मृत्यु भएको हो ।
भ्यानमा रहेका बाह्रदशीका किमारी निरौला, रन्जिता निरौला गीता घिमिरे, दुर्गा घिमिरे र कचनकवल गाउँपालिकाका १२ वर्षीय विशाल पौडेल घाइते भएको जिल्ला प्रहरीले जनाएको छ ।
यता, पर्वतको जलजला गाउँपलिका धाइरिङमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा स्थानीय १२ वर्षीय सन्देश परियारको घटनास्थलमै मृत्यु भएको हो ।
धाइरिङको घाखेतबाट मिलनचोकतर्फ आरालो झर्दै गरेकोे ट्याक्टर गुन्टेखेतस्थित सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टरले च्यापिएर परियारको घटनास्थलमै मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्