१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भरतपुरका २३ खानेपानी आयोजनाको निर्माण, विस्तार र मर्मत


0
Shares

चितवन । भरतपुर महानगरपालिकाभित्र २३ वटा ठूला खानेपानी आयोजनाको नयाँ निर्माण, विस्तार र मर्मत सुधार भएका छन् ।

पहाडी क्षेत्रसमेत रहेको महानगरमा शुद्ध पिउने पानी सहज रूपमा उपभोग गर्न महानगरवासीलाई सहयोग पुगेको छ । महानगरको कविलासमा पानीका लागि भोग्नुपरेको समस्या सामधान भएको स्थानियवासीको भनाइ छ ।

महानगरप्रमुख रेनु दाहालले २३ वटा खानेपानी आयोजनामा ३ अर्ब ७७ करोड सात लाख रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । सङ्घीय सरकार, वाग्मती प्रदेश सरकार, खानेपानी बोर्ड र स्थानीय निकायबाट बजेट जुटाएर आयोजनाहरुमार्फत काम गरिएको उहाँको भनाइ छ ।

कतिपय आयोजना सम्पन्न भइसकेको र केही सम्पन्न हुने क्रममा रहेको बताइएको छ । महानगरले आवश्यक ठानेका ठाउँहरुमा प्रदेश सरकार र सङ्घीय सरकारले आवश्यक सहयोग गरेको थियो ।