२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अमेरिकामा आँधीबाट ५० भन्दा बढीको मृत्यु, मृतक अझै बढ्नसक्ने


0
Shares

एजेन्सी । अमेरिकी राज्य केन्टकीमा रातभर चलेको आँधीबाट ५० भन्दा बढि व्यक्तिको मृत्यु भएको छ ।

अमेरिकी राज्यका गर्भनर एन्डी बेशियरले राज्यको इतिहासमा सबैभन्दा नराम्रो आँधी आएको र यो संख्या बढ्दै १ सयसम्म पुग्न सक्ने चेतावनी दिनुभयो । गर्भनर बेशियरले यो आँधी विनाशकारी रहेकाले धेरैको ज्यान लिएको बताउनुभयो ।

खराब आँधी टोनार्डाका कारण धेरै अमेरिकी राज्यहरूमा विनाश मच्चिरहेको छ भने इलिनोइसमा रहेको अमेजन गोदाममा कामदारहरू फसेको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

क्रेगहेड काउन्टीका न्यायाधीश मार्विन डेले अर्कान्सास नर्सिङ होम आंशिक रूपमा भत्किएपछि २० जना भित्र फसेको साथै १ जनाको मृत्यु समेत भएको जानकारी दिनुभयो ।

दक्षिणी इलिनोइसको एडवर्ड्सभिलमा रहेको अमेजन गोदाम शुक्रबार राति आँधीबेहरीमा क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।

छत भत्किँदा कति मानिस घाइते भएका छन् भन्ने अझै स्पष्ट भइसकेको छैन । तर, स्थानीय आपतकालीन सेवाहरूले यसलाई फेसबुकमा ‘मास हताहतको घटना’ भनेका छन् ।