२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


हिमालयनलाई स्तब्ध बनाउँदै मछिन्द्र क्लब शीर्ष स्थानमा


0
Shares

काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लब शहीद स्मारक लिग ‘ए’ डिभिजन फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–० गोलले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ति मगरले एक एक गोल गरे ।

सुरुबाटै आक्रामक खेललेको मछिन्द्रले २९औं मिनेटमा सुनिल बल, ६८औं मिनेटमा नुर्लान र इन्जुरी समयमा विमलले गोल गर्दै मछिन्द्रलाई ३–० को जित दिलाए ।

जितसँगै मछिन्द्रले ४ खेलमा १० अंक जोड्दै मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरमा पछि पारेर शीर्ष स्थानमा उक्लिएको छ । हिमालयन शेर्पाले ४ खेलमा २ अंक जोड्दै १२औं स्थानमा छ ।