१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बारले आन्दोलन फिर्ता लिँदा राम्रो हुन्छ : रघुवीर महासेठ


0
Shares

काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले)का नेता रघुवीर महासेठले नेपाल बार एशोसिएशनले गर्दै आएको आन्दोलन फिर्ता लिँदा राम्रो हुने टिप्पणी गर्नुभएको छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका नेता महासेठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा एउटाले राजीनामा दिँदैमा न्यायालय सुध्रिने अवस्था नभएको भन्दै सो आन्दोलन नेपाल बारले फिर्ता लिँदा राम्रो हुने बताउनुभयो ।

शनिबारबाट भक्तपुरको गठ्ठाघरमा सुरुभएको पार्टी केन्द्रीय कमिटीको बैठकमा भाग लिने क्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँलेप्रधानन्यायाधीश जबरामात्रै नभई शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने चलखेलमा सामेल भएका सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने तर्क गर्नुभयो ।

संसदमा महाअभियोग लगाउने हो भने पनि देउवालाई प्रधानमन्त्री बनाउने चलखेलमा सामेल सबै न्यायाधीशहरूलाई लगाउनुपर्ने उहाँको भनाइ थियो ।

नेता महासेठले सत्ता पक्षले प्रस्ताव ल्याएपछि मात्रै एमसीसी के गर्ने भन्ने बारे पार्टीले आफ्नो धारणा सार्वजनिक गर्ने बताउनुभयो ।