२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दुवैतिर २ प्यानल : गुट अदलबदल


0
Shares

काठमाडौं । कांग्रेस सभापति पदमा शनिबार ६ नेताले मनोनयपत्र दर्ता गरेका छन् । मुख्यगरी दुई गुट देखिाँदै आएकामा १४ औं महाधिवेशनमा चार प्यानल बनेको छ । जसकारण धेरै नेता गुट परिर्वतन गरी उम्मेदवार बनेका छन् ।

सभापतिमा शेर बहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिसहित स्वतन्त्र रुपमा कल्याणकुमार गुरुङ र युवराज न्यौपानेले प्रतिस्पर्धा गर्ने भएका छन् । संस्थापनइतर समू हले शनिबारसम्मै साझा उम्मेदवारको पहल गरे पनि सफल हुन नसकेपछि सिंह र डा.कोइरालाको छुट्टाछुट्टै उम्मेदवारी परेको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल भने नेतृत्वको प्रतिस्पर्धाबाट पछि हटेका छन् । कोइराला परिवारको ‘एकता’ छिन्नभिन्न भएको छ । निकै चासोका साथ हेरिएको दुई महामन्त्री पदमा डा.प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, डा.मिनेन्द्र रिजाल, प्रदिप पौडेल र डा.राजाराम कार्की उम्मेदवार बनेका छन् ।

डा. महत र पौडेल देउवा, शर्मा सिंह, डा. रिजाल र थापा डा.कोइराला अनि डा.कार्की निधिको पयनलबाट अघि रिेका हुन् । देउवा पक्षबाट यसअघि महामन्त्रीमा बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र एनपी साउदको नाम चर्चामा थियो । तर, कृष्णप्रसाद सिटौलासँग तामेलसँगै डा.महत र पौडेलले बाजी मारेका हुन् ।

अन्नपूर्ण