१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बेलायतमा आगामी जनवरीभित्र ओमिक्रोनको अर्को लहर आउने जोखिम

अप्रिलसम्ममा ७५ हजार मान्छे मर्नसक्ने वैज्ञानिकहरुको चेतावनी

0
Shares

काठमाडौं । बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनबाट आगामी अप्रिलसम्ममा ७५ हजारसम्म मासिन मर्नसक्ने चेतावनी दिइएको छ । जनवरीसम्ममा कोरोनाको अर्को लहर आउने र त्यसलाई रोक्न समयमै सावधानी नअपनाए ठूलो क्षति हुने चेतावनी वैज्ञानिकहरुले दिएका हनु । सन् २०२२ को अप्रिलसम्म बेलायतमा मात्रै २५ देखि ७५ हजारसम्मको ज्यान जान सक्ने वैज्ञानिकहरुको चेतावनी छ ।

सावधानी अपनाउने हो र बुस्टर डोज वितरणमा थप तीव्रता दिने हो भने क्षति रोक्न सकिने पनि बैज्ञानिकहरुको दाबी छ । ओमिक्रोनबाट बच्नका लागि कोरोना विरुद्धको दुई डोज मात्र पर्याप्त नहुने र बुस्टर डोज अनिवार्य रहेको उनीहरुको भनाइ छ । अफ्रिकी मुलुकबाट सुरु भएको ओमिक्रोन भाइरस अहिले बिश्वका थुप्रै मुलुकमा फैलिसकेको छ ।

यस अघिको डेल्टा भाइरस भन्दा बढी संक्रामक ठानिएको यो भाइरसको बारेमा अध्ययन जारी नै रहेपनि डेल्टाको तुलनामा भने कम घातक रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ । बेलायतमा ओमिक्रोन संक्रमण तीव्र रुपमा बढ्न थालेपछि सरकारले विभिन्न क्षेत्रमा थप प्रतिबन्ध लागू गरिसकेको छ ।