
काठमाडौं । अमेरिकी राज्य केन्टुकीमा टोर्नाडो आँधीले बिध्वंश मच्चाएपछि आपत्कालिक अवस्था घोषणा गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आँधीका कारण क्षतविक्षत भएको केन्टुकी राज्यका जनताका लागि सक्दो सहयोग गर्ने बचन दिनुभएको छ ।
आँधीग्रस्त क्षेत्रको भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले यो आँधी अमेरिकी इतिहासमै सबैभन्दा डरलाग्दो भएको भन्दै आँधी प्रभावित जनताका लागि आर्थिक सहयाग गर्ने बचन दिनुभएको हो । टोर्नाडो आँधीबाट हालसम्म ७० बढीको मृत्यु भएको छ । आँधीका कारण हजारौं सर्वसाधरणको बिचल्ली भएको छ । सवारी साधनमा सयौं मानिसहरु च्यापिएका छन् भने सयौ सवारी साधन नष्ट भएका छन् ।
टोर्नाडोले अमेरिकाका अन्य राज्यमा पनि विनाश गर्न सक्ने मौसमबिदहरुको चेतावनी छ । आँधी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । आँधीमा दर्जनौ हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्