
काठमाडौं । साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ३ सय रुपैयाँले उकालो लागेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
तेजावी सुन प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले उकालो लागेर १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्