
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं उपसभापतिका उम्मेदवार महेश आचार्यले महाधिवेशन प्रतिनिधिलाई पत्र लेखेर भोट माग्नुभएको छ । महाधिवेशन प्रतिनिधिहरुलाई सम्बोधन गर्दै आचार्यले लेखेको पत्रमा नेतृत्व चयनका लागि मतदान गर्ने क्रममा पार्टीको विचारलाई प्राथमिकता दिन आग्रह गरिएको छ । ‘मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्ने ? भन्ने प्रश्न उहाँले गर्नुभएको छ ।
आचार्यले पार्टीमा मर्न थालेको नीति र विचारको राजनीतिलाई नयाँ जीवन दिन आफूले उम्मेदवारी दिएको तर्क पनि गर्नुभएको छ । निष्ठाको राजनीति गर्ने साथीहरूको स्वाभिमानमाथि पैसा र बल प्रयोगको प्रहार रोक्नका लागि आफ्नो उम्मेदवारी भएको पनि उहाँको भनाइ छ ।
यस्तो छ पत्र :.

प्रतिक्रिया दिनुहोस्