
काठमाडौं । आइतबार ८९ अंकले घटेको सेयर बजारमा सोमबार पनि पहिरो गएको छ ।
बजार परिसूचक नेप्से सोमबार ७९ अंकले घटेर २२ सय ८२ विन्दुमा थामिएको छ । यस्तै ठूला कम्पीको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ अंकले घटेर ४ सय ३७ अंकमा झरेको छ ।
हिजो ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज भने कारोबार रकम बढेर ३ अर्ब ९९ करोड पुगेको छ । यस दिन सबै उपसूचकहरु ऋणात्मक रहे ।
निर्जीवन बीमा कम्पनी समूह ५ सय ४५ अंक, जीवन बीमा ४ सय २५, विकास बैंक २ सय ११, माइक्रोफाइनान्स १ सय ८७ अंकले ओरालो लागेको छ ।
सबै समूह ओरालो लागे पनि एउटा कम्पनीको सेयर मूल्य भने लगभग १० प्रतिशतले बढेको छ । गोरखा फाइनान्स लिमिटेडको सेयर ६७ अंकले बढेर ७ सय ७२ रुपैयाँ पुगेको छ ।
बोटलर्स नेपाल, युनिलिभर नेपाल, माउन्टेन इनर्जी लगायतका केही कम्पनीका लगानीकर्ताले नाफा कमाउँदा १ सय ८२ कम्पनीका लगानीकर्ताले घाटा बेहोर्नुपर्यो ।
यस दिन २ सय २३ कम्पनीका ९६ लाख ७९ हजार ७२ सेयर किनबेच भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्