
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि जारी मतदान राति ९ बजेसम्म चल्ने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले राति ९ बजेसम्म निर्वाचन सञ्चालन हुने जानकारी दिनुभयो । विहान ८ बजेबाट मतदानको प्रक्रिया सुरु गर्ने भनिए पनि दिउँसो १२ बजेबाट मतदान सुरु भएको थियो ।
साँझ साढे ५ बजेसम्म २८ सय ९ मत खसेको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरले जानकारी दिनुभयो । मतदान जारी रहँदा दिउँसो मतपत्र सकिएपछि केही बेर मतदान स्थगित भएको थियो ।
मतदानका लागि धेरै कम्तिमा ४० देखि ५५ मिनेट लागेको र मतदान प्रक्रिया पनि झन्झटिलो भएको महाधिवेशन प्रतिनिधिहरूले जनाएका छन् । उनीहरूले विद्युतीय मतदानको व्यवस्था नमिलाएको भन्दै निर्वाचन समितिको व्यवस्थापनप्रति असन्तुष्टिसमेत प्रकट गरेका छन् ।
प्रतिनिधिहरू सात घण्टादेखि लाइनमा छन् भने दिउँसोदेखि लाइनमा बसेकाहरूले अहिलेसम्म मतदान गरेका छैनन् । राति ९ बजेसम्म लाइनमा बसेका प्रतिनिधिले मतदान नगरेको खण्डमा पुनः समय थप्ने समितिले जनाएको छ ।
महाधिवेशनमा ४ हजारभन्दा बढि प्रतिनिधिले मतदान गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्