१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रतिनिधिसभा बैठकमा ६ वटा अध्यादेश पेश हुने

एमालेले अवराेध गर्ने

13
Shares

काठमाडौं । प्रतिनिधिसभा दशौं अधिवेशनको पहिलो बैठकमा ६ वटा अध्यादेश पेश हुने भएको छ ।

संघीय संसद सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा मंगलबार बस्ने बैठकमा ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची छ ।

यस्तै, राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने र प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने सूची पनि समावेश गरिएको छ ।

बर्खे अधिवेशनका सम्पूर्ण बैठकमा अवरोध गरेको एमालेले मंगलबारको बैठक पनि अवरोध गर्ने भनेको छ । आफूले कारबाही गरेको सांसदलाई संसदबाट नहटाएसम्म एमालेले संसद चल्न नदिने अडान राख्दै आएको छ ।