१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बर्दियाको सानाेश्रीमा सांग्रिला डेभलपमेन्ट बैंकको शाखा


52
Shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बर्दियामा शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले शहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउँदै मधुवन नगरपालिका–६, सानोश्रीमा सोमबारबाट सानोश्री शाखा सञ्चालनमा ल्याएको हो ।

योसँगै बैंकको कुल शाखा संख्या १ सय ५ पुगेको छ ।

बैंकको यस शाखाबाट ग्राहकले सरल र सहज तरिकाले बैकिङ्ग सेवा लिने वातावरण बन्ने बैंकले जनाएको छ ।