१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


२ सय ५० मत गन्दा देउवालाई १ सय ३२ मत, अरुको कति ?


5.33k
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाले सुरुवाती अग्रता बनाउनुभएको छ ।

राष्टिय सभागृहमा जारी मतगणनामा २५० मत गणना गर्दा देउवाले १ सय ३२ मत पाएका छन् ।

यस्तै, सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाले ८१ मत ल्याउँदा प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङले १ मत पाएका छन् ।

अहिलेसम्म कुनै मत पनि बदर भएकाे छैन ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो । मतदान राति साढे ११ बजे सकिएको भए पनि मतगणना भने विहान ४ बजेपछि मात्र सुरु भएको थियो ।

सुरुमा सभापतिको मतगणना भइरहेको छ । सभापतिको गणना सकिएपछि अन्य पदाधिकारीको मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।