१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस सभापति मतपरिणाम : ४ सय मत गन्दा शेखरलाई १ सय ५१


9.295k
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाले सुरुवाती अग्रता बनाउनुभएको छ ।

राष्टिय सभागृहमा जारी मतगणनामा ४ सय मत गणना गर्दा देउवाले १ सय ९४ मत पाएका छन् । यस्तै, सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाले १ सय ५१ मत पाएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो । मतदान राति साढे ११ बजे सकिएको भए पनि मतगणना भने विहान ४ बजेपछि मात्र सुरु भएको थियो ।

सुरुमा सभापतिको मतगणना भइरहेको छ । सभापतिको गणना सकिएपछि अन्य पदाधिकारीको मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।