२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कांग्रेस सभापति मत गणना : ९ सय ५० गन्दा देउवाकाे ४ सय ५६, शेखरकाे कति ?


10.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाले सुरुवाती अग्रता बनाउनुभएको छ ।

राष्टिय सभागृहमा जारी मतगणनामा ९ सय ५० मत गणना गर्दा देउवाले ४ सय ५६ मत पाउनुभएकाे छ । यस्तै, सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाले ३ सय ५७ मत ल्याउनुभएकाे छ ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

सुरुमा सभापतिको मतगणना भइरहेको छ । सभापतिको गणना सकिएपछि अन्य पदाधिकारीको मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरूको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरूकाे मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।