
काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाले अग्रता बनाउनुभएको छ ।
राष्टिय सभागृहमा जारी मतगणनामा १२ सय मत गणना गर्दा देउवाले ६ सय २६ मत पाउनुभएको छ ।
यस्तै, सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाले ५ सय ८२ मत ल्याउनुभएको छ । त्यसैगरी, प्रकाशमान सिंहले १ सय ८२, विमलेन्द्र निधिले ७८ र कल्याण गुरुङले ४ मत ल्याएका छन् ।
कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सुरुमा सभापतिको मतगणना भइरहेको छ । सभापतिको गणना सकिएपछि अन्य पदाधिकारीको मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।
सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरूको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ ।
सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्