१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसको मतगणना जारी, ३ हजार २ सय ८२ मत मतगणना हुँदा देउवालाई १ हजार ५ सय ५६ (अपडेट)


1.625k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हिजो भएको मतदानको मतगणना जारी छ । आज बिहान ४ बजेदेखि शुरु भएको सभापति पदको मत गणनामा शेरबहादुर देउवाले अग्रता लिनुभएको छ ।

अहिलेसम्म ३ हजार २ सय ८२ मत गणना हुँदा देउवाले १ हजार ५ सय ५६ मत प्राप्त गर्नुभएको छ । देउवालाई पछ्याइरहेका शेखर कोइरालाले १ हजार १ सय ९७ मत प्राप्त गर्नुभएको छ भने सभापतिका अर्का प्रतिष्पर्धी प्रकाशमान सिंहले २ सय ५७, विमलेन्द्र निधिले २ सय १ र कल्याण गुरुङले १७ मत ल्याउनुभएको छ ।

हालसम्मको परिणामले पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत मत प्राप्न गर्न नसक्ने देखाएको छ । सोमबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत खसेको थियो । कुनै पनि उम्मेदवारलाई विजयी हुन २ हजार ३ सय ४० मत चाहिन्छ । तर २ हजार ३ सय ४० मत नआए बढी मत पाउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

सभापतिको मतगणना सकिएपछि मात्रै अन्य पदहरुको गणना गरिने बताईएको छ ।