
काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सय रुपैयाँले उकालो लागेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
तेजावी सुन प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, चाँदीको मूल्य २० रुपैयाँले उकालो लागेर १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्