१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भारतीय क्रिकेटर राहुल र अभिनेत्री आथिया प्रेम सम्बन्धमा


962
Shares

काठमाडौं । भारतीय क्रिकेटर के एल राहुल र नायिका आथिया सेट्टीले आफूहरु प्रेममा रहेको खुलासा गरेका छन् ।

अभिनेत्री आथिया बलिउड अभिनेता शुनिल शेट्टीकी छोरी हुन् । उनले सुरज पन्चोलीसँग हिरो फिल्मबाट बलिउडमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले मुबारका र मोतीचुर चकनाचुर मा शानदार अभिनय गरेकी थिइन । आथिया क्रिकेटर राहुल सँगकोे सम्बन्धलाई लिएर समय समयमा चर्चामा आउने गरेकी छिन् ।

तर उनीहरुबीचको सम्बन्ध के हो भन्ने खुलेको थिएन । दुबैले आफूहरुको सम्बन्धबारे भर्खरै खुलासा गरेका हुन् ।आथिया आफ्नो सामाजिक संजाल इस्ंटाग्राममा धेरै सक्रिय छिन् । उनलाई उनका प्रशंशकहरुले त मन पराएका नै छन् । तर उनको फोटोमा एउटा विशेष कमेन्ट भने आइरहेको नै हुन्छ । त्यो हो राहुलको कमेन्ट । राहुल उनको कुनै पनि तस्वीरमा कमेन्ट गर्न छुटाउदैन् । उनीहरुका प्रशंशकलाई उनीहरुको जोडी निकै नै मन परेको छ । आथिया ले सोसल मिडियामा भर्खरै तस्वीरहरु सेयर गरेकी थिइन् । जसमा उनका प्रेमी केएल राहुलले स्टार इमोजी सहित तस्वीरमा लाइक गरे ।

धेरै समय देखि राहुल र आथियाले आफ्नो सम्बन्ध सबैसँग लुकाएका थिए । उनीहरुलाई एकसाथ धेरैपटक नदेखिएको पनि होइन् । राहुलले आथियाको तस्वीरमा गरेका कमेन्टहरुले प्रशंसकहरुले केही अन्दाज भने गरेका थिए । अहिले त्यो अन्दाज वास्तविकतामा परिणत भएको छ । भर्खरै तारा सुतारिया र अहान शेट्टीको को फिल्म तडप को स्क्रिीनिङका क्रममा दुबैले सँगै पोज दिएका थिए । साथै कार्यक्रममा दुबैले एकआर्कासँग आफुहरु प्रेम सम्बन्धमा रहेको बताएका थिए । त्यसपछि उनीहरुबीचको प्रेम सम्बन्ध बाहिर आएको हो ।

एजेन्सी