१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यको मतगणना आजदेखि हुँदै

सबै परिणाम आउन एक साता लाग्ने

325
Shares

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा निर्वाचन भएको अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना आजबाटै सुरु हुने भएको छ ।

सभापतिको नजिता घोषणा गर्दै निर्वाचन आयोगका संयोजक वरिष्ठ अविक्ता गोपालकृष्ण घिमिरेले आजै दिउँसोबाट बाँकी मत गणना थाल्ने जानकारी दिनुभयो ।

गत सोमबार भएको मतदानपछि मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ । मत गणना सानेपामै गर्ने तयारी छ । पहिले महामन्त्रीलगायत पदाधिकारीको गणना हुने र त्यसपछि सदस्यहरुको मत गणना हुने छ ।