काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण आज हुँदैछ । आज बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा उहाँहरुको शपथ ग्रहणको कार्यक्रम राखिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनु भयो ।
भक्तपुरमा हालै बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनीत गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्