१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रदेश २ को आठौं अधिवेशन आजदेखि सुरु हुँदै


65
Shares

काठमाडौं । प्रदेश २ को आठौं अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौं अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेस हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।