१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विदेशी शक्तिले अस्थिरता निम्त्याए : एमाले अध्यक्ष ओली


182
Shares


काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले अस्थिरताका लागि काम गरिरहेको दाबी गर्नुभएको छ ।

बुधबार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित मनोनित केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अस्थिरताका लागि काम गरिरहेको दाबी गर्नु भएको हो ।

ओलीले अस्थिरताको संवाहक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुरमार नेपाल र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल रहेको आरोप पनि लगाउनुभयो ।

ओलीले नेपाल र दाहालसँग पार्टी एकीकरण सम्भावना नभएको पनि स्पष्ट पार्नुभयो । दाहालले वार्गेनिङका लागि नेपालमा जनयुद्ध शुरु गरेको दाबी समेत गर्नुभयो । ओलीले त्यतिबेला दाहालको सहयोगमा पूर्वराजा ज्ञानेन्द्रले दलहरूलाई किनारा लगाएर शासन हातमा लिएको पनि बताउनुभयो ।