
Web Pic
काठमाडौं । झापामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । गएराति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका– ७ दुर्गापुरमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक ईलाम रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलमा पछाडि सवार चन्द्र बहादुर राई छन् । उपचारका क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्