
फाइल तस्विर
तनहुँ । तनहुँमा डिभिजन वन कार्यालयले एक हप्ता अगाडि राखेको खोरमा परेर बिहान एउटा भाले चितुवा नियन्त्रणमा आएको छ । तनहुँको भानु नगरपालिका–३ तुर्लुङकोटमा डिभिजन वन कार्यालयले एक हप्ता अगाडि खोर राखेको थियो ।
खोरमा परेको चितुवालाई उद्धार गरी स्थानान्तरणको तयारी गरिएको सव-डिभिजन वन कार्यालय विमलनगरले जनाएको छ । कार्यालयले हालसम्म १३ वटा चितुवाको उद्धार गरेको छ । केही वर्षयता तनहुँका विभिन्न स्थानमा चितुवाको आतंक बढेको छ ।
प्रतिक्रिया दिनुहोस्