२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


सर्लाहीमा मल अभाव कायमै


104
Shares

सर्लाही । सर्लाहीका कृषकले खेतबारीमा मल खाद हाल्ने बेला भएपनि बजारमा अभाव हुँदा मल प्रयोग गर्न पाएका छैनन् । गँहु, मकै तथा उखु रोप्ने समयमा डि.ए.पी.मल हाल्नु पर्ने भएपनि कृषकले पाउन सकेका छैनन् ।

गँहु, मकै लगाएको बालीमा २१ देखि ३० दिनभित्र पहिलो पटक युरिया मल हाली सक्नुपर्ने कृषि प्राविधिक बताउँछन् । समयमा मलखाद हाल्न नसकेमा उत्पादन घट्नुका साथै लामो समयसम्म उत्पादन समेत नदिने कृषि प्राविधिकको भनाइ छ ।

सर्लाहीमा केन्द्रबाट मल कम पठाइएकाले कृषकको माग बमोजिम मल उपलब्ध गराउन नसकेको कृषि सामग्री कम्पनी लिमिटेड सर्लाहीका प्रमुख दिपक बर्मेलीले बताउनु भयो । धान बाली काटी सकेपछि सबै डिलरलाई २५/२५ बोराको दरले दुई पटक मल खाद प्रदान गरि सकेको कृषि सामग्री कम्पनीले जनाएको छ ।

यस वर्षलाई सर्लाहीले पाउँदै आएको कोटालाई बढाइदिन मन्त्रालयलाई आग्रह गरेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।