
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीको मतगणना जारी रहेको छ ।
अहिलेसम्म १ हजार ७५ मत गन्दा गगन थापाले ६७३ र विश्वप्रकाश शर्माले ४३४ मत प्राप्त गरी अग्रता लिई रहनु भएको छ ।
यसैगरी, प्रकाशशरण महतले ३५३, प्रदीप पौडेलले ३४२, मिनेन्द्र रिजालले १९४ र डाक्टर राजाराम कार्कीले ३८ मत पाउनु भएको छ ।
कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्