
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ । प्रारम्भिक मतपरिणामदेखिनै गगन थापाले अग्रता कायमै राख्नु भएको छ ।
अहिलेसम्म १ हजार ४९५ सय मत गन्दा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिनु भएका थापाले ९५५ मत पाउनु भएको छ । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा रहनु भएको छ । उहाँले ६६० मत पाउनु भएको छ । दोस्रो स्थानमा विश्वप्रकाशलाई प्रकाशशरणले पछ्याउँदै आउनु भएको छ ।
शेरबहादुर देउवा प्यानलका उम्मेदवार प्रकाशशरण महतले ४९१ र देउवा प्यानलकै प्रदीप पौडेलले ४४९ मत प्राप्त गर्नु चएका छन् । यसैगरी, शेखर कोइराला प्यानलका मिनेन्द्र रिजालले २७५ मत गरी पाँचौ र विमलेन्द्र निधि समूहका राजाराम कार्की ४६ मत प्राप्त गरी सबैभन्दा पुछारमा रहनु भएका छन् ।
प्रतिक्रिया दिनुहोस्