१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महामन्त्रीको मतगणना (अपडेट) : १ हजार ८९५ मत गन्दा गगनलाई १ हजार २९४ मत


3.094k
Shares

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ । प्रारम्भिक मतपरिणामदेखिनै गगन थापाले अग्रता कायमै राख्नु भएको छ ।

अहिलेसम्म १ हजार ८९५ सय मत गन्दा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिनु भएका थापाले १ हजार २९४ मत पाउनु भएको छ । ८२७ मत प्राप्त गरी प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा दोस्रो स्थानमा रहनु भएको छ ।

शेरबहादुर देउवा प्यानलका उम्मेदवार प्रदिप पौडेलले ६६८ र प्रकाशशरण महतले ६२० प्राप्त गरी क्रमशः तेस्रो र चौथो स्थानमा रहनु भएका छन् । यसैगरी, शेखर कोइराला प्यानलका मिनेन्द्र रिजालले ३२९ मत गरी पाँचौ र विमलेन्द्र निधि समूहका राजाराम कार्की ५८ मत प्राप्त गरी सबैभन्दा पुछारमा रहनु भएका छन् ।