१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महामन्त्रीको मतगणना (अपडेट) : विश्व प्रकाशले महत र पौडेलसँग मतान्तर बढाए


2.184k
Shares

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राख्नु भएको छ । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा रहनु भएको छ ।

२ हजार ३२१ सय मत गन्दा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिनु भएका थापाले १ हजार ५०८ मत पाउनु भएको छ । ९४२ मत प्राप्त गरी प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा दोस्रो स्थानमा रहनु भएको छ ।

तेस्रो स्थानका लागि पार्टी सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवारद्वय प्रकाशशरण महत र प्रदीप पौडेलबीच तीव्र प्रतिस्पर्धा छ । महतले ७६५, प्रदीप पौडेलले ६७९ मत पाउनु भएको छ ।

यसैगरी, शेखर कोइराला प्यानलका मिनेन्द्र रिजालले ४०२ मत गरी पाँचौ र विमलेन्द्र निधि समूहका राजाराम कार्की ६३ मत प्राप्त गरी सबैभन्दा पुछारमा रहनु भएका छन् ।

पहिलो र दोस्रो हुने दुई जना कांग्रेस महामन्त्रीका लागि निर्वाचित हुनेछन् ।