
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सहमहामन्त्रीको विभिन्न क्लष्टरको मतगणना सुरु भएको छ ।
सह–महामन्त्रीको बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू र खसआर्य मध्ये मुस्लिम, मधेसी र खसआर्य सुरु भएको निर्वाचन समितिले जनाएको हो ।
क्लस्टरअनुसार फरक–फरक ठाउँमा मतगणना सुरू भएको छ ।
सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये ३ क्लष्टरको परिणाम सार्वजनिक भइसकेको छ । जसमा आदिवासी जनजाति, महिला र दलितबाट क्रमशः भिष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय डिना र दलिततर्फ जीवन परियार निर्वाचित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्