२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कांग्रेसमा अहिलेसम्म निर्वाचित पदाधिकारीमा कुन प्यानल अगाडि


117
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा १३ जना पदाधिकारी (निर्वाचित) मध्ये ८ जनाको नतिजा सार्वजनिक भएको छ ।

शुक्रबार बिहानसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र ८ मध्ये ३ सहमहामन्त्री गरी ८ जनाको नतिजा सार्वजनिक भएको हो । अब ५ सहमहामन्त्रीको नतिजा आउन बाँकी छ ।

नतिजाअनुसार शेरबहादुर देउवा समूहले सभापति, एक उपसभापति र दुई सहमहामन्त्री ४ पदाधिकारी जितेको छ भने डा. शेखर कोइराला समूहले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीसहित ३ जना पदाधिकारी जितेको छ । यस्तै, प्रकाशमान सिंह समूहबाट एक जना महामन्त्री विजयी भएका छन् ।

हालसम्मको नतिजाअनुसार सभापतिमा शेरबहादुर देउवाले दोस्रो चरणमा शेखर कोइरालालाई पराजित गदैृ निर्वाचित हुनु भएको छ । उपसभापतिमा देउवा समूहकै पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरूङ विजयी हुनु भएको छ ।

महामन्त्रीमा कोइराला समूहका गगन थापा र सिंह समूहका विश्वप्रकाश शर्मा विजयी हनु भएको छ । यस्तै, महिला सहमहामन्त्रीमा देउवा समूहकी महालक्ष्मी उपाध्याय ‘डिना’ र आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी हुनु भएको छ भने दलित सहमहामन्त्रीमा शेखर समूहका जीवन परियार विजयी हुनु भएको छ ।

अब पाँच सहमहामन्त्री र १२१ केन्द्रीय सदस्यको नतिजा आउन बाँकी छ ।

अहिले बाँकी पाँच जना सहमहामन्त्रीको मत गणना जारी रहेको छ भने एक जना कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था छ ।