१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


विपीले लेखेको त्यो चिठीको मर्म भाइबहिनीले बुझेनन् : डा.शेखर कोइराला (अन्तर्वार्ता)


5.356k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले साथीहरुले आफूलाई जुनियर र कर्मचारी भएको सोच राखेकै कारण सभापति पदमा पराजित गराएकाे आराेप लगाउनु भएकाे छ । ईमेज च्यानलसँग कुरा गर्दै डा‍. कोइरालाले आफूलाई साथीहरुले जुनियर भएकै कारणले नेता स्वीर्कान नसकेर पराजित गराएकाे दाबी गर्नुभयाे ।

‘राजनीतिमा जुनियर सिनियर भन्ने कुरा त निर्वाचनको मत परिणामले देखाएको छ,’ डा. कोइरालाले भन्नुभयो, ‘आफूलाई नेता तथा कार्यकर्ताले विश्वास गरेर मत दिनुभयो । त्यसैमा सन्तोष छु ।’

त्यस्तै, डा. कोइरालाले आफूले गुरु मानेको नेता रामचन्द्र पौडेल, भाइ डा. शंशाक कोइराला, बहिनी सुजाता कोइराला र नेताहरु प्रकाशमान सिंह र विमलेन्द्र निधीले अन्तिममा सहयोग नगरेको पनि आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘संस्थापन इतरबाट पौडेललाई उठ्न आग्रह गर्दा पनि मान्नु भएन, प्रकाशमानले पनि नमानेपछि म उठे । तर, साथीहरुले असहयोग गर्नुभयो यति हुँदाहुँदै पनि आफूले सोचेको भन्दा राम्रो मत आएको छ ।’

उहाँ भन्नुहुन्छ, ‘संस्थापनइतरबाट अन्तिममा सहयोग पाइन । मैले सहयोग पाएको महसुस गरिन् किनभने उहाँहरुले मेरो लागि खुलेर भोट माग्दिनु भएन ।’ आफ्नो हारमा केही कमजोरी भएको स्वीकार्दै डा. कोइराला भन्नुहुन्छ, ‘मैले मेरो भाइबहिनी र संस्थापनइतरलाई सम्झाउन नसकेकै हो।’

निर्वाचन दोस्रो चरणमा गएपछि साथीहरु दुविधामा थिए तर म थिएन, हार्छु भन्ने जाँन्दा जाँन्दै पनि रुपान्तरणका लागि निवार्चनमा सहभागी भए, दोस्रो चरणमा २ हजार मत ल्याउछु भन्ने विश्वास थियो, साथीहरुमाथि विश्वास थियो तर आएन । तर पनि राम्रो आएको छ,’ डा. कोइरालाको भनाइ छ ।

पार्टी रुपान्तरणका लागि नेता कार्यकर्ताले मत दिनु भएको डा. कोइरालालाले बताउनुभयो । ‘नेपाली कांग्रेस रुढीवादी (कन्जरभेटीभ) पार्टी पनि हो, जसमा हाइआरकेइएल सिस्टम हुन्छ तर म मान्दिनु उहाँ भन्नुहुन्छ । पार्टीलाई रुपान्तरण गर्ने लक्ष्य लिएकोले आफूलाई युवा पुस्ताले साथ दिएको उहाँकाे कथन छ ।

फरक प्रसंगमा उहाँ भन्नुहुन्छ विपीले मेरो बुबा केशव कोइरालालाई चिठी लेख्नु भएको थियो । सायद भाइबहिनीले त्यो चिठीको मर्म बुझेनन्। चिठीमा लेखिएको थियो, ‘तिमीले घर धानिदेका थियौं, त्यसकारण म यहाँसम्म पुगे । पछि पनि छोराछोरीले यसलाई मान्नेछन् ।’ उहाँले भन्नुभयो, ‘त्यसको मर्म भाइ बहिनीले बुझेनन् जस्तो लाग्छ ।’

हेर्नुहाेस डा.शेखर कोइरालासँग ईमेज टिभीका प्रस्ताेता जगदिश खरेलले गर्नुभएकाे कुराकानी (भिडियाेसहित)