
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई आग्रह गर्नुभएको छ ।
आज काठमाडौंको क्षेत्रपाटीस्थित छेत्रपाटी निःशुल्क चिकित्सालयले निर्माण गरेको अक्सिजन प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत पर्याप्त रहेको उल्लेख गर्दै यसको उपयोग बढाएर राष्ट्रिय अर्थतन्त्रको निर्माणमा योगदान पु¥याउन पनि सबै क्षेत्रलाई आग्रह गर्नु भएको हो ।
मन्त्री भुसालले विद्युतको खपत बढाएर मुलुकको व्यापार घाटालाई न्यूनिकरण गर्दै लैजान सरकार लागि परेको बताउनुभयो । उहाँले सरकारले विद्युतको खपत बढाउन विद्युतको महशुल दर समेत घटाएको बताउनु भयो ।
विद्युत विक्रीका लागि भारतसँग सम्झौंता गरिसकेको मन्त्री भुसालको भनाई छ ।
त्यस अवसरमा उहाँले सामूदायिक अस्पतालहरुले समूदायको स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै ती अस्पतालहरुमा आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्