
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबले पहिलो जित निकालेको छ ।
शनिबार दशरथ रंगशालामा भएको पहिलो खेलमा च्यासल युथ क्लबलाई १–० गोलले पराजित गर्दै जावलाखेलले पहिलो जित निकाल्न सफल भयो ।
खेलको एक मात्र निर्णायक गोल जावलाखेलका निकोलस फर्नान्डेजले गरे । जारी लिगमा जावलाखेलको यो नै पहिलो गोल हो । च्यासल ५ खेलबाट ४ अंक रहेको छ भने पहिलो जित निकालेको जावलाखेलको समेत ४ अंक पुगेको छ ।
च्यासलसँगै समान ५ खेलमा ४ अंक रहेको जावलाखेल १० औं स्थानमा उक्लिएको छ भने च्यासल ११ औं स्थानमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्