
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत पोखरामा भएको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबललाई ३–१ ले पराजित गरेको छ ।
घरेलु मैदान पोखरामा भएको खेलमा मनाङलाई जिताउन अञ्जन विष्टले दुई र निशान लिम्बुले एक गोल गरे । पुलिसका लागि सुमन लामाले सान्त्वना गोल गरे ।
मनाङका लागि १० औं मिनेटमा डिफेन्डर दिनेश राजवंशीको पासमा अञ्जनले गोल गरे । तर, खेलको ३५ औं मिनेटमा पाएको पेनाल्टीमा पुलिसले गोल फिर्ता गर्दै खेल बराबरीमा ल्याएको थियो ।
खेलको ७३ औं मिनेटमा पाएको फ्रिकिकमा अञ्जनले दोस्रो गोल गर्दा ८३ औं मिनेटमा निशान लिम्बुले तेस्रो गोल गरे ।
प्रतिक्रिया दिनुहोस्