
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
५ हजार ४ सय ८३ पीसीआर परीक्षणमा १ सय ५८ र २ हजार ५ सय १४ एन्टिजेन परीक्षणमा ३१ जना गरी १ सय ८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमणका कारण यही अवधिमा २ जनाको मृत्यु भएको छ भने २ सय ५० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय २८ रहेको छ ।
संक्रमितमध्ये काठमाडौं उपत्यकाका १ सय १० जना रहेका छन् । काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा ९ जना संक्रमित भेटिएका छन् ।
प्रतिक्रिया दिनुहोस्