१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिम पर्यटन साइकल यात्रा सुरु, भारतका ८ यात्री सहभागी


117
Shares

कैलाली । सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ सुरु भएको छ ।

साइकल यात्रामार्फत सुदूरपश्चिममा रहेका पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले आजदेखि सुदूरपश्चिम पर्यटन साइकल यात्रा सुरु भएको हो ।

साइकल यात्राको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभयो ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यमा पुस ५ गतेसम्म साइकल यात्रा चल्ने छ ।

भारतको गाजियावाद, नैनीताल, बरेली र बिहारका ८ जना सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ मा सहभागी छन् ।

यस्तै काठमाडौं, ललितपुर, नवलपरासी, भैरहवा, दाङ, बाँके र कञ्चनपुरबाट पनि साइकल यात्री सहभागी छन ।