८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


सामसुङद्वारा ‘फाइभ जी’ ग्यालेक्सी ट्याब्लेट सार्वजनिक


0
Shares

सियोल, माघ १६ । विश्व प्रसिद्ध विद्युतीय सामग्री उत्पादन कम्पनी सामसुङले बुधबार पाँचौं पुस्ताको इन्टरनेट (फाइभ जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ ।

कम्पनीकाअनुसार ग्यालेक्सी ट्याबमा १०.५ इन्चको ओलेड डिस्प्ले, एकेजी एकस्टिक र क्वाड स्पिकर रहेको छ ।

साथै, यसले ४के प्रसारण स्ट्रिमिङ र एआर सामग्रीलाई आत्मसात् गरेको छ ।

सामसुङले हाल १२८ जीबी आन्तरिक भन्डारणसहितको फाइभ जी ‘ग्यालेक्सी एस६’ ट्याब बिक्रीमा ल्याएको हो ।

यसको मूल्य कोरियाली बजारमा ८५० अमेरिकी डलर रहेको छ । रासस/एएनआई