२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

काठमाडौंबासीलाई छिटोभन्दा छिटो मेलम्ची खानेपानीको व्यवस्था गर्छु : मन्त्री चौधरी


728
Shares

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौंबासीलाई छिटोभन्दा छिटो मेलम्ची खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

चौधरीले केही समयअघि आएको बाढी र पहिरोको कारणले बन्द भएको मेलम्चीको पानी काठमाडौंबासीलाई अस्थायी रूपमा भए पनि खान पाउने व्यवस्था मिलाउने बताउनुभयो ।

चन्द्रलोक प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले संविधानमा शुद्ध खानेपानी र सरसफाईलाई मौलिक हकको रूपमा व्यवस्था गरेको भन्दै आफ्नो कार्यकाल भित्रै काठमाडौंबासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्ने बताउनुभयो ।

चौधरीले देश र जनताका लागि काम गर्ने सामाजिक संघ, संस्थाहरूलाई सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।