
एजेन्सी । फिलिपिन्समा आएको विध्वंशकारी आँधीमा ३० जनाभन्दा बढीको मृत्यु भएको छ । आँधीमा धेरै जना हराइरहेको शंका गरिएको छ ।
टाइफुन राई नामक आँधीले मध्य तथा दक्षिणपूर्वी टापुहरूमा ठूलो क्षति पुर्याएको बीबीसीले जनाएको छ ।
१ सय ९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले रुखहरू भाँचिनुका साथै थुप्रै भौतिक संरचनामा क्षति पुर्याएको छ । विद्युत आपुर्ति बन्द हुँदा करिब ३० लाख मानिस मारमा परेका छन् ।
घटनास्थलमा खोज तथा उद्दारका लागि १८ हजार सुरक्षाकर्मी र आपतकालिन कर्मचारीहरू परिचालन गरिएको छ । सियारगाओ र सुरिगाओ क्षेत्रमा सञ्चार बन्दहुँदा उद्वारमा कठिनाइ भएको बताइएको छ ।
टाइफुन राई अहिले पश्चिमी क्षेत्र हुँदै चीनतर्फ अझ तीव्र गतिले अघि बढ्दै गएकाले सचेत रहन अधिकारीहरूले आग्रह गरेका छन् । यो यस वर्षको सबैभन्दा शक्तिशाली आँधी भएको बताइएको छ ।
सरकारी अधिकारीहरूका अनुसार फिलिपिन्समा हरेक वर्ष औषतमा २० वटा आँधी आउने गर्छ ।
प्रतिक्रिया दिनुहोस्