१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाकिस्तानमा दुई शक्तिशाली विस्फोट, १४ जनाको मृत्यु


195
Shares

एजेन्सी । पाकिस्तानको कराँचीमा दुई शक्तिशाली विस्फोटमा परेर कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

शनिबार साँझ भएको विस्फोटपछि भग्नावशेषमा पुरिएकालाई निकाल्ने क्रम जारी रहेको अधिकारीहरूलाई पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।

घाइतेहरूको उपचार पोस्ट ग्राजुएट मेडिकल स्कुलमा भइरहेको छ । विस्फोट कराँचीस्थित शेरशाह क्षेत्रको पराचा चोकमा दिउँसो १ः३० बजे भएको थियो ।

विस्फोटमा त्यहाँको एक भवन पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।