२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

कांग्रेस : खुला केन्द्रीय सदस्यमा डा. कोइरालालाई सबैभन्दा बढी मत


13
Shares

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यको मतगणनाम सबैभन्दा बढी मत डा. शशांका कोइरालाले ल्याउनुभएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा ९९ उम्मेदवारमध्ये सबैभन्दा बढी ८ सय १४ मत डा. कोइारलाले ल्याउनुभएको हो ।

यस्तै, ९ सय ८८ मत गन्दा एनपी साउँद, बालकृष्ण खाँण, शंकर भण्डारी, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुन नरसिंह केसी, रामहरी खतिवडा, उदयशम्शेर राणा र गोपालमान श्रेष्ठ सबैभन्दा बढी मत ल्याउने १० जना भित्र परेका छन् ।

शीर्ष ३५ मा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महर, युवा नेता दिपक गिरी, गुरु बराल, कुन्दनराज काफ्ले, गोविन्दराज पोखरेल, अजय शिवाकोटी, डन भनेर चिनिने गणेश लामा लगायतका छन् ।

यस्तो छ विवरण :