
धनकुटा । धनकुटाको साँगुरीगढी र मोरङ्गको केराबारी गाउँपालिकामा पर्ने थामडाँडामा पार्क निर्माण भएपछि आन्तिरिक पर्यटकको घुइचो लाग्न थालेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न पार्कमा पिक्निक स्पट, चिल्डे«न पार्क, चिडियाखाना, भ्यूटावर, नेपालको राष्ट्रियता झल्कने विभिन्न कलात्मक प्रतिक निर्माण गरिएको छ ।
यो पार्क निर्माणका लागि १ करोड ७५ लाख रुपैयाँ खर्च भएको पार्क निर्माणका निर्देशक खड्ग थापा मगरले जानकरी दिनुभयो । प्रकृतिले दिएको सम्पदा लाई आफूहरुले श्रृगारेर स्थानीय स्तरमा पर्यटक भित्राउनका लागि काम गरेको थापाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्