
काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले काडिजसँग बराबरी खेलेको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा निराशाजनक प्रदर्शन गर्दै शिर्ष स्थानको रियाल मड्रिडले गोल रहित बराबरीमा चित्त बुझाउनुप¥यो ।
गएरातिको खेलमा स्टार बेल्जीयन खेलाडी इडेन हाजार्ड पछिल्लो तीन महिनामा पहिलो पटक रियालको सुरुवाती टिममा अटाएका थिए । कोभिडबाट संक्रमित रियालका मुख्य ६ खेलाडी मैदानमा थिएनन् ।
यो बराबरीसँगै रियाल मड्रिडको पछिल्लो १० खेलको जितको श्रृंखला समेत तोडिएको छ । लिगमा १८ खेलबाट रियाल मड्रिडको ४३ अंक छ । एक खेल कम खेलेको सेभिया ३७ अंकसहित दोस्रो स्थानमा रहेको छ । यो सिजन कमजोर प्रदर्शन गरिरहेको बार्सिलोना १७ खेलबाट २७ अंकको साथ तालिकाको सातौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्