२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


हुम्लामा ज्वरो, रुघाका बिरामी बढे


52
Shares

काठमाडौ । हुम्लामा अत्यधिक चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामी बढेका छन् । घाँटी र शरीर दुख्ने, खान मन नलाग्ने लगायतका लक्षण देखिएका विरामीको संख्या बढेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ ।

दैनिक ४० देखि ५० जनाको संखयामा विरामीहरु अस्पताल जाने गरेका छन् । बालबालिका र बृद्धबृद्धामा यस्तो समस्या बढी देखिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य अवस्था जटिल भएका केहीलाई भर्ना समेत गरिएको छ । चिसोमा रुघाखोकी र मौसमी रुघाखोकी बढी हुने भएकाले यसबाट जोगिन सबैले सावधानी अपनाउनु पर्नेमा चिकित्सकहरुले सुझाव दिएका छन् ।